July 13, 2024, Saturday
२०८१ असार २९, शनिबार

रवि लामिछानेका सवारी चालकको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुलुक ढकालले थापाको उपचारका क्रममा भैसीपार्टीस्थित मेडीसिटी अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो।

उपनिर्वाचनको क्रममा चितवन पुग्नुभएका थापा वैशाख ४ गते घरको छतबाट खसेर घाइते हुनुभएको थियो।चितवन भरतपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा थापाको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

शीर्ष समाचार

धेरै पढिएको