रास्वपा केन्द्रीय गर्यो ३६ वटा विभाग गठन (सूचीसहित)

आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभागहरु गठन गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गरी तिनका प्रमुखहरु नियुक्त गरेको हो । जस अन्तर्गत, नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी डा. मुकुल ढकाल ढकलले पाएका छन् । त्यसैगरी अर्थ नीति विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।
केन्द्रीय विभाग र प्रमुखको नाम
नीति तथा विचार विभाग-डा. मुकुल ढकाल,प्रशिक्षण विभाग- डा. मुकुल ढकाल,सङ्गठन विभाग- कबिन्द्र बुर्लाकोटी,अभियान तथा प्रचार प्रसार विभाग- विपिन आचार्य अन्तर्राष्ट्रिय सम्बन्ध विभाग- शिशिर खनाल,प्रवास नेपाली सम्पर्क विभाग- डोल प्रसाद अर्याल,मानवीय विकास प्रवर्द्धन विभाग- कुशुम महर्जन,केन्द्रीय (आरएटी) संयोजन विभाग- विष्णु कुमार श्रेष्ठ,उत्पादन प्रवर्द्धन विभाग- रामकृष्ण भट्टराईनेतृत्व क्षमता तथा मानव संसाधान विकास विभाग- खुश्बु सरकार श्रेष्ठ जनसम्पर्क विभाग- दिपक बोहोरा,भष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभाग- हरि ढकाल,आर्थिक व्यवस्थापन विभाग- लिमा अधिकारी,गुनासो,व्यवस्थापन विभाग- डा. चन्दा कार्की,विकास योजना तथा नीति तर्जुमा विभाग- डा.अरनिको पाँडे,तथ्यांक अनुसन्धान तथा अभिलेखिकण विभाग- मनिष झा,विधेयक मन्थन विभाग- गणेश कार्की,गैर आवसीय नेपाली सम्पर्क विभाग- अर्जुन अधिकारी,कानुन तथा न्याय विभाग- सोविता गौतम,अर्थ नीति विभाग- डा. स्वर्णिम वाग्ले,सार्वजानीक लेखा समीक्षा विभाग- मनिष झा,शिक्षा विभाग- सुमना श्रेष्ठ,स्वास्थ्य तथा जनसंख्या विभाग- डा. तोषिमा कार्की,कृषि विभाग- अशोक चौधरी,पर्यटन तथा संस्कृति विभाग- शिशिर खनाल,मुद्रा तथा पूँजी बजार विभाग- विराज भक्त श्रेष्ठ,उद्योग तथा वाणिज्य विभाग- गणेश पराजुली,श्रम तथा उपभोक्ता हित विभाग- असीम शाह,यातायत विभाग- शिव नेपाली,पूर्वाधार विकास अनुगमन- निशा डाँगी,विभाग युवा तथा खेलकुद विभाग- डा.तोसिमा कार्की,विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग- सुमना श्रेष्ठ,मानव अधिकार विभाग- सन्तोष परियार,सहकारी विभाग- अशोक चौधरी वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग- विनिता कठायत,महिला तथा सामाजिक विकास विभाग- लक्ष्मी तिवारी रहेका छन् ।
प्रतिकृया दिनुहोस्