December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

प्रधानमन्त्री र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभापति लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा पुन: निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा विजयी भएकोमा सभापति लामिछानेलाई बधाइ दिनुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको