April 15, 2024, Monday
२०८१ बैशाख ४, मंगलवार

प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले उहाँको स्वास्थ्य लाभको कामना गर्दै पठाउनुभएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको हो ।

उहाँको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबार दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ । चिकित्सकको निगरानीमा रहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको