May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

बालेनको आदेशमा फोहोर नउठेपछि आफ्नो फोहोर आफैं उठाउँदै सिंहदरबार

काठमाडौं महानगरपाललिकाका मेयर बालेन शाहको आदेशमा सिंहदरबारको फोहोर उठ्न छाेडेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ।देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, मन्त्री निवास, अतिविशिष्ट र विशिष्ट पदाधिकारीको निवासमा रहेको फोहोर शहरी विकास मन्त्रालयले उठाउन थालेको हो।

शहरी विकास मन्त्रालयले सो क्षेत्रको फोहोर उठाउन परिवर्तन सेवा प्रालिसँग सम्झौता गरी उठाउन थालेको जनाएको छ।

मन्त्रालयले बैशाख ३ गतेको मन्त्रीस्तरीय निर्णयले फोहोर उठाउनका लागि सो कम्पनीसँग सम्झौता गरेको जनाएको हो।

काठमाडौं महानगरले संवैधानिक एवं कानूनी प्रावधान विपरित फोहोरमैला व्यवस्थाप गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध श्रृजना गरेको शहरी विकास मन्त्रालयले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको