November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

रविले ‘फास्ट ट्रयाक’ मा लगाएको ठेक्का परीक्षणमा ल्याउन माग

काठमाडौं,राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘खास्टाले ढाकेको विरालो’ को संज्ञा दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद केसीले रास्वपा अध्यक्ष एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेले स्वार्थको आधारमा नियम कानुन विपरीत ठेक्का लगाएको बताएका हुन् । नेपाली जनताले नयाँ पार्टीबाट नयाँ कामको अपेक्षा गरेपनि रवि पनि आफ्नो स्वार्थका लागि पुरानै दलको शैलीमा प्रस्तुत भएको उनको दाबी छ ।

‘पुराना पार्टीहरुले नै गल्ती, कमी कमजोरीहरु गरेका थिए । आफ्ना स्वार्थअनुसार नियम कानुन बनाउँथे । नयाँ आएकाहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिराखेका थिए । खास्टाले ढाकेको विरोलो छिट्टै म्याउँ गर्यो । यस्ता प्रवृत्तिलाई त्यसै छोड्न हुन्न,’– उनले भने ।राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न नीजि कम्पनीलाई ठेक्का दिने काम आपत्तिजनक रहेको उनको भनाई छ ।

नागरिकका व्यक्तिगत तथा जैविक तथ्याङ्कमा विदेशी कम्पनी र तिनका एजेण्टले पकड राख्ने उनले बताए । देशको विधि विधानमा कसैको आर्थिक स्वार्थ हाबी हुन नहुने उनको भनाई छ । उक्त ठेक्कालाई कानुनी समपरीक्षणमा ल्याउन आवश्यक रहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको