June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

आजको राशिफल: कस्तो रहनेछ तपाइँको भाग्य?

आज श्री शाके १९४५ । बि.स.२०८० बैशाख २ गते शनिबार । इश्वी सन २०२३ अप्रिल १५ तारीख ।

राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाट उपलब्धिमूलक रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनेछ भने काममा साेचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। राेकिएकाे काम सम्पादन हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला। अरूका लागि धन र बुद्धि खर्चनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। हडबडीले समस्या निम्त्याउन सक्छ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम खर्च हुनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर सहयोगीहरूकाे भरपर्दा पछि परिएला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ। राेकिएको काम बन्नेछ।

शीर्ष समाचार

धेरै पढिएको