शुभकामना आदनप्रदान गरि आज नयाँ वर्ष मनाइदै
काठमाडौं, आजबाट विक्रम सम्वत् २०८० सालको सुरु भएको छ । नयाँ वर्ष २०८० सालको आज पहिलो दिन हो । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
यसैगरी सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ। आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो। मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो।
यसैगरी नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ।
नयाँ वर्ष वि.स २०८० सालको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख र दलका नेताहरुले छुट्टाछुट्टै रुपमा शुभकामना व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्