June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

नर्भिक अस्पतालले एक साताका लागि ३० प्रतिशत छुट दिने

काठमाडौं, ३० चैत्र गते। पत्रकार सम्मेलन गरेर नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा छुट योजना ल्याएको छ बताएकाे छ। अस्पतालले आज आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गरेर नै विशेष छुट दिने घोषणा गरेको हो ।

अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो । अस्पतालका अनुसार लेजर र हाइड्रा फेसियल, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा एक महिनासम्म ३० प्रतिशत छुट दिने जनाएको छ । त्यस्तै अस्पतालले वैशाख महिनामा काठमाडौँ र काठमाडौँ बाहिर गरी चार वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

यस्तै, अस्पतालले गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवा दिएको दाबी गरेको छ । अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवासहित मान्यता प्राप्त तथा मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल भएको दाबी गरेका छन् ।

उनकाअनुसार क्याथेटराइजेशन स्याब स्थापना गर्ने नर्भिक देशकै पहिलो निजी अस्पताल हो । अस्पतालमा स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधापनि रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको