November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

वैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौंं, राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरिएको छ ।

मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा मुलुकको अन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो । सो बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले बाह्य र आन्तरिक सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकायलाई सर्तक रहन निर्देशन र्दिएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी रहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको