November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

आजको राशिफल: कस्तो रहनेछ तपाइँको भाग्य?

काठमाडौं, आज श्री शाके १९४५ । बि.स.२०७९ चैत्र २८ गते मंगलबार । इश्वी सन २०२३ अप्रिल ११ तारीख ।

राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउला। सहयोगीहरू पछि हट्नेछन् र व्यवसायमा कम मात्र फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर अतिथिकाे आगमनले केही समय काम राेकिन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश अध्ययनमा त्यति समय दिन नसकिएला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन्। नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्ये हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

शीर्ष समाचार

धेरै पढिएको