डुबान समस्या समाधनका लागि बनेपामा खोला फराकिलो र गहिरो बनाउने कामको थालनी

केही समय बर्षा हुने वित्तिकै बनेपाको पुलबजार लगायतका क्षेत्र डुबान हुने समस्या समाधनको लागि पुण्यमाता खोलामा फराकिलो र गहिरो बनाउने काम शुरु भएको छ ।
बर्षाको कारण पुलबजार चादनीचोक, तरकारी बजार लगायत अरनिको राजमार्गमा पर्ने विभिन्न भाग र पुण्यमाता कोरिडोरका विभिन्न भूभाग डुबानमा पर्ने गरेको छ ।
खोला अतिक्रमण गरी बनेका घर, बढ्दो शहरीकरण, बर्षौ सफा नगरिएका कारण अवरुद्ध ढल निकास, खोलामा फालिने फोहोर र आसपासका क्षेत्रमा गरिएका प्लटिङका कारण बगाएको माटोले खोलाको सतह बढ्दा डुबानको समस्या देखिएको हो ।बर्षामा डुबानका कारण नगरका जनताले समस्या भोग्नु परेको भन्दै बनेपा नगरपालिकाले डुबान समस्या समाधान गर्ने गरी अघि बढेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तीरत्न शाक्यल जानकारी दिनुभयो ।
पानी पर्ने वित्तिकै बनेपाको पुलबजार, गोदामचोक नजिकको पुल आसपासको क्षेत्र र पुण्यमाता फा“टमा डुबानमा पर्ने गरेको छ । नगरपालिकाले खोला किनारको १५ मिटर आसपास कुनै संरचना नबनाउन निर्देशन भएपनि यसको पालना भएको छैन । खोला छेउमा व्यवसाय गर्नेले अतिक्रमण गर्दा खोला सा“घुरिदै गएको छ ।
खोला किनाराका प्लटिङ, नीजी घर, उद्योग, कलकारखाना समेतले खोलाको सिमाना मिचेका छन् । खोला अतिक्रमण गरेर बनेका संरचनाका कारण बनेपामा बर्षेनी डुबानको समस्या हुने गरेको छ ।
खोला आसपासको १५ मिटर वरपर नगरपालिकाले नक्सापास नै नगरेपनि बर्षेनी पुण्यमाता र चण्डेश्वरी खोलाको आकार घटिरहेको छ । पहिले न्युनतम ६ देखि ११ मिटर फराकिलो रहेको खोला अहिले २ मिटरमा खुम्चिएको छ ।
प्रतिकृया दिनुहोस्