November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

शुक्रबार बिहानै धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला छन ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा कमलगाउँपालिकाका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो । खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना हुनु भएका दमकका पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गतेनै भर्ना गरिएको थियो । मृगौलाको दीर्घ रोगी पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको प्रवक्ता सापकोटाले जानकारी बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको