April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

आजको राशिफल: कस्तो रहनेछ तपाईंको दिन?

काठमाडौं,बआज श्री शाके १९४५ । बि.स.२०७९ चैत्र २७ गते साेमबार । इश्वी सन २०२३ अप्रिल १० तारीख ।

आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। दिगो काम थाल्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर देखिनेछ। तापनि मिहिनेतले परिस्थिति अनुकूल बनाउन सकिनेछ। प्रयत्न गर्दा टाढिएका सहयोगी समेत काममा फर्किनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। मान्यजनको मार्गदर्शन समेत अनुचित लाग्नेछ। केही समस्या देखिए पनि नियमित प्रयत्न गर्दा काम सम्पादन हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

शीर्ष समाचार

धेरै पढिएको