November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

वैदेशिबाट बाकसमा फर्कंदा पनि दलालकै घेरामा

काठमाडौं, चैत २४ । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ ।

देशभित्र रोजगारी नपाउँदा युवाहरू दलालको सहयोगमा विदेश भासिन्छन्। वैदेशिक रोजगारीमा जाने युवाको दर जसरी बढिरहेको छ, त्यसैगरी वैदेशिक रोजगारीमा रहँदा मृत्युवरण गर्ने युवाको संख्या पनि उकालो चढिरहेको छ ।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन औसतमा तीनवटा युवाको शव बन्द बाकसमा फर्किन्छन् । बाकसमा फर्किएका ती अभागी युवाका शवहरूलाई पनि दलाली आँखाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोजिरहेका हुन्छन् । विदेशको भूमिबाट जब शव बाकसमा बन्द भएर नेपाल ल्याउन ‘लोड’ गरिन्छ, यहाँ दलालहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसक्छन् ।

उल्लिखित तथ्य बनावटी होइन । वैदेशिक रोजगारीमा रहेका युवाको मृत्यु हुँदा परिवारलाई प्राप्त हुने रकमको लोभमा दलालहरूले संगठित गिरोह नै सञ्चालन गरेको भनी प्रहरीले गरेको खुलासाबाट त्यसको पुष्टि हुन्छ ।.आजको नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको