March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

गठबन्धनका उम्मेदवारलाई जिताउन ५ दलकाे आनुराेध

आउँदाे वैशाख १० गते हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् ।आज मङ्गलवार दिउँसाे संयुक्त विज्ञप्ति निकालेर सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ-१, चितवन-२ र बारा-२ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन् ।

सत्ता गठबन्धनले तनहुँ–१ मा नेपाली कांग्रेसका गाेविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका उपेन्द्र यादवलाई साझा उम्मेदवारका रूपमा उठाएकाे छ ।

संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरकाे हस्ताक्षर रहेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको