सांसदहरूलाई सदन चलिरहँदा मोबाइल ‘स्विच अफ’ गर्न आग्रह

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल ‘स्विच अफ’ गर्न सांसदहरूलाई आग्रह गरेका छन्र् ।
मङ्गलवार राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले मोबाइल ‘स्विच अफ’ गर्न सांसदहरूलाई सचेत गराएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि माननीयज्यू मोबाइल स्विच अफ गर्नुस् अध्यक्ष तिमिल्सिनाले भने ।।’सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रिय सभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।
प्रतिकृया दिनुहोस्