March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता

डोल्पा- हिमाली जिल्ला डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षिया बरिष्ठ हवल्दार जोशिराम रेगामी काईगउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा जोशीरामले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको