November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

प्रहरीले कारबाही गर्न थालेपछी मास्क प्रयोग गर्ने बढे

डोटि, अहिलेको विषम परिस्थितिमा पनि बिना मास्क सार्वजनिक स्थान र बजारमा हिड्डुल गर्नेलाई प्रहरिले कारबाही गर्न सुरु गरेको छ ।

जिल्लामा कोभिड-१९ को सङ्क्रमित दिनानुदिन बढ्न थालेपछी सार्वजनिक ठाँउ, बजार तथा पसलहरुमा मास्क प्रगोग नगरी आवतजावत गर्नेलाई डोटि जिल्ला प्रहरी कार्यलय तथा सशस्त्र प्रहरी बलको ३६ गणबाट खटिएका प्रहरी टोलीले चेतावनी स्वरूप १०० रुपैयाँ जरिवाना तिराउन शुरु गरेको छ । मास्क नलगाई बजार हिड्नेलाई कारबाही शुरु गर्न थालेपछी अहिले स्थानिय मास्क प्रयोग गर्न थालेका छन ।

मास्कको प्रयोग नगरी हिँड्ने तथा सवारी साधन चलाउनेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताएका छन । उनले भने , “कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको छ, मास्क प्रयोग नगर्नेलाई जारीवाना तिराउन थालेका छौँ, अटेर गर्नेलाई थप कारबाही गर्छौँ ।” प्रहरी नायव निरीक्षकको कमान्डमा यहाँका प्रमुख व्यापारी केन्द्र तथा बढी मानिसको भीडभाड हुँने क्षेत्रमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख तथा एसपी पाण्डेले जानकारी दिएका छन । प्रहरीले कारबाही गर्न शुरु गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

यहाँको प्रहरीले ‘कोरोनाबाट सचेत बनौँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने जस्ता सन्देशमुलक सूचनाहरु पनि प्रवाह गर्न थालेको छ । प्रहरीले मास्कको प्रयोग नगर्नेलाई कारबाही गर्न थालेपछि जिल्लामा मास्क प्रयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी रतन कठायतले बताएका छन । उनले भने , “यहाँका नागरिकले कोरोनालाई ख्याल ठट्टा मानी निकै लापरवाही गर्दै आएका थिए, प्रहरीले कारबाही गरी जारीवाना तिराउन थालेपछि प्राय बजार घुम्ने सबैले मास्क प्रयोग गर्न थालेका छन् ।”

शीर्ष समाचार

धेरै पढिएको