April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सुरक्षाकर्मीमा बढ्दो कोरोना सङ्क्रमण

काठमाडौं, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो ।


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले कोरोना नियन्त्रण कार्यमा खटिएका प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवामा कार्यरत ट्राफिकसहित ६७ जना सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । ती वृत्तमा कार्यरत प्रहरी कर्मचारीमा सर्वसाधारण सेवाग्राही तथा थुनुवाबाट सङ्क्रमण फैलिएको दाबी प्रहरीको छ । ‘बन्दाबन्दी’ हटेसँंगै विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएकामा सङ्क्रमण देखिएको छ ।  

शीर्ष समाचार

धेरै पढिएको