December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

बिहीवार बिदेशबाट ४३७ नेपाली स्वदेश फर्किए

  • 1
    Share

काठमाडौं, बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान र आगमन गरि सात अन्तर्राष्ट्रिय उद्वार उडान भएको छ । यी उडानमार्फत ४३७ नेपाली स्वदेश फर्किएका छन भने नेपालबाट ३०० यात्रुसहित चार बच्चा नेपाल बाहिरिएको विमानस्थल कार्यलयले बिज्ञप्ति द्वारा जानकारी दिएका छन ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा १५४ यात्रु र दुई शव काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले २६३ यात्रु र चार शव नेपाल ल्याएको छ । त्यस्तै टर्किस एयरलाइन्सले इस्तानाबुलबाट २० यात्रु नेपाल ल्याएको छ भने काठमाडौँबाट २०३ यात्रु र चार बच्चा लिएर उडेको छ । आज राति नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्स क्वालालम्पुर र चीनको चोङकीङ्ग प्रस्थान गर्ने तालिका रहेको विमानस्थलले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको