December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

प्रचण्डविरुद्ध नारावाजी गर्नेमाथि अभद्र व्यवहारमा अनुसन्धान सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा नारावाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा अनुसन्धान गर्नका लागि ५ दिन अनुमति दिइएको छ।

‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद दिएको छ । अभद्र व्यवहार प्रदर्शनको विषयमा अनुसन्धान सुरु भएको छ,’ टेकुस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा दलित संघर्ष तथा अधिकारका सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालविरुद्ध केही युवाहरूले नारावाजी गरेका थिए । नारावाजी गर्ने तीन युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

नारावाजी गरिरहेका युवाको मुख थुन्दै प्रहरीले पक्राउ गरेको घटनालाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री साथै प्रहरीको आलोचना पनि भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको