March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

सुनसरी समाज युएइको तेस्रो अधिबेशन सम्पन्न,अध्यक्ष्यमा सुरेन्द्र लामा चयन

सुनसरी समाज युएइको तेस्रो अधिबेशन सम्पन्न भएको छ।
सन् २०१८ मा स्थापना भएको सुनसरी समाज युएइको तेस्रो अधिबेशन ” असल नागरिकको पहिचान समाज सेवा हाम्रो अभियान” भन्ने नाराका साथ १९ मार्च २०२३का दिन य़ूएइको बरदुबई स्थित सिन्ध पन्जाब रेस्टुरेण्ट्को सभा हलमा सम्पन्न भएको हाे।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाली समाज युएइका अध्यक्ष बेद प्रसाद अर्याल पाल्पालीको रहेकाे थियोे ।

त्यसैगरी समाजमा अध्यक्ष्य सुरेन्द्र लामाको सभापतित्वमा कार्यक्रमको सञ्चालन देबेन्द्र कटुवाल बासुरीले गर्नु भएको थियो।पानसमा प्रमुख अतिथि र अन्य अतिथिहरुले बत्ति बालि समुदघाटन गरिएको कार्यक्रमा राष्ट्रिय गित बजाएर सुभारम्भ गरिएको थियो।

विशिस्ट अतिथिहरुमा समाजका वरिष्ट सल्हाकार भोला ढकाल , प्रमुख संरक्षक इन्द्र बिष्ट समाजका सल्हाकार एवम् एनआरएनए य़ूएइका सचिब सुमन पराजुली,निर्मला राइ पत्रकार उमाकान्त पाण्डे कान्तिपुर मिडिया रिपाेटर उमेश जुङग कार्की, किराया युएइका प्रवक्ता डिके किराँती साहित्यकार जे सगार,कुल लेप्चा सस्थापक रोहित बस्नेत लगएतकाे उपस्थिति रहेकाे थियो ।

समाजकी सयोजक सरु कटुवालले उपस्थित सम्पूर्ण अतिथिहरु तथा सुनसरी जिल्ला घर भए रोजगारीको शिलसिलामा युएइ आएर आफ्नो कर्म गर्दै कार्यक्रमलाई सफल बनाउन पाल्नु भएका सबैमा स्वागत मन्तव्यबाट सबैलाई स्वागत गर्नु भएको थियो।

उक्त समाजले पछिल्लो कार्यकालमा समाजको हितमा काम गर्ने उत्कृस्ट केहि व्यक्तिहरु तथा समाजको हितमा रहेर सदैब सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो। त्यस्तै स्थापनाकाल देखि हालसम्म समाजले गरेको उदार तथा सहयोगको बारेमा समाजका अध्यक्ष्य सुरेन्द्र लामाले जानकारी दिनु भएको थियो काेभिड १९ देखिका बिभिन्न ठाउहरुमा गरिएको सहयोगका कार्यहरु अत्यन्तै मानविय सहयोग रहेकोमा उपस्थितहरुले खुलेर प्रसंशा गरेका थिए।

दोश्रो चरणको कार्यक्रममा समाजले नया कार्यसमिति सर्बसमत रुपमा चयन गरेको जानकारी निर्वाचन अधिकृतका रुपमा किराया प्रवक्ता डिके किरातीले सबैलाई पढेर सुनाउनु भएको थियो। जसमा समाजका निवर्तमान अध्यक्ष्य सुरेन्द्र लामा सर्वसम्तरुमा पुन: दोश्रो कार्यकालको लागि अध्यक्ष्य चयन हुनु भएको छ।

बरिस्ट उपाध्यक्ष्यमा सरु कटुवाल महिला उपाध्यक्ष्यमा दुर्गा अधिकारि महासचिबमा देबेन्द्र कटुवाल बासुरी सचिबमा भेषराज पराजुली कोषध्याक्ष्यामा सुशील श्रेष्ठ सहकोषध्याक्ष्यामा मनु तामाङ्ग त्यस्तै संयोजकमा तिलक कार्की महिला संयोजकमा सबिना पराजुली प्रक्त्तामा रुद्र कार्की प्रज्ज्वल त्यस्तै गरि सदस्यहरुमा चिरञ्जीवी पोख्रेल गुणराज बस्नेत, राम बराल”अबिरल”,मन्जु कटुवाल ,साजन परियार,प्रमिला धिमाल ,शेरमान लिन्खा ,दिल कुमार राई,कृपाध्वज गिरी चयन हुनु भएको छ।खेलकुद बिभाग प्रमुख सुरज चौधरी (सुनसरी ब्रो),साहित्य बिभाग प्रमुखमा भवानी नेपाल चयन हुने भएको छ। पुर्ण कार्यकाल सकाएर युएई बसाइलाई बिट मार्दै हाल जन्मभुमीमा रहेर साथ सहयोग पुर्याउदै निरन्तर लागी पर्ने नेपाल प्रतिनिधिका रुपमा महिला संरक्षकमा देविका आचार्य सल्लाहकारहरुमा राम आचार्य कटक राई रहनु भएको छ ।

त्यसैगरी वरिष्ठ सल्हाकारमा भोला ढकाल, प्रमुख संरक्षक इन्द्र बिष्ट समाजका सल्हाकारहरुमा सुमन पराजुली,अनेस्ट जुङग कार्की, जिबन खत्री, निर्मला राई सस्थापकमा रोहित बस्नेत चुनिनु भएको छ।

निर्वाचन अधिकृत डीके किरातीले नव निर्वाचित सबैलाई सफत ग्रहण गराउनु भएको थियो भने प्रमाणपत्र वितराण उपस्थित विशिष्ट अतिथिहरुबाट गरिएको प्रवक्ता रुद्र कार्की प्रज्जवले जानकारी दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको