March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

राहदानी विभागले आज घोडेजात्राको बिदाका दिन पनि सेवा दिने

राहदानी विभागले आज अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।विभागका सूचना अधिकारी खिमानन्द भुसालले आज बिहान १० देखि दिउँसो साढे २:३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताउनुभयो ।

आज मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फर्म भरेकोले २:३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको