March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

स्ववियु निर्वाचनमा झडप, नियन्त्रण गर्न हवाई फायर

बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन दल निकट विद्यार्थीसँग र नेकपा (एमाले) अनेरास्ववियुबीच झडप भएको हो ।

स्ववियुको निर्वाचन बिथोल्ने गरी एमालेका कार्यकर्ताले एकतर्फी रूपमा ढुङ्गा प्रहार गरेको गठबन्धन दल निकटका विद्यार्थी सङ्गठनले आरोप लगाएका छन् ।अनेरास्ववियुले एकतर्फी ढुङ्गा प्रहार हुन थालेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेको हो ।

स्ववियुको निर्वाचनमा विद्यार्थी मतदान गरिरहेको अवस्थामा बाहिरबाट ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत पर्ने बूढीनन्दा क्याम्पसमा तीन दलीय भातृ सङ्गठन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एस उम्मेदवार र एमाले निकट अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।क्याम्पसका ४१२ जना मतदाता रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको