March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

भैरहवा – लुम्बिनी विद्युत प्रसारण लाइन अब चार महिनामा पूरा हुने

भैरहवा, भैरहवा-लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत प्रसारण लाइन अबको चार महिनामा सम्पन्न हुने भएको छ । बुटवल-१३२ केभी प्रसारण लाइन बिस्तार आयोजनाले बिचमा कुनै अवरोध नआए चार महिनामै लाइन बन्ने बताएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतीका लागि प्रसारण लाइन बिस्तार थालिएको थियो । हालसम्म आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताएका छन ।

आर्थिक वर्ष २०७२÷०७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो । तिलोत्तमाबासीले सडक नजिकबाट बिद्युत लैजाँदा मानवीय जोखिम हुने भन्दै स्थानीयको अवरोधमा दुई बर्षसम्म रोकिएको उक्त आयोजना सडकको सट्टा नदिको किनारबाट रुट तय गरि काम सञ्चालन गरेपनी फेरि स्थानियले फेरि अवरोध गरे । त्यो अवरोध समहतिमा टुङ्ग्याएपछी मात्र आयोजनाले गति लिएको हो ।


शीर्ष समाचार

धेरै पढिएको