November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

बाँकेमा ७० वर्षिया महिलाको कोरोनाबाट मृत्यु

  • 20
    Shares

बाँके, बाँकेमा कोरोनाबाट थप एक जना ७० वर्षिया महिलाको मृत्यु भएको छ । उनको दुई फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । नेपालगञ्ज उपमहानगरपालिका-७ निवासि महिलाको बिहान १०:३० बजे मृत्यु भएको स्वास्थ्य कार्यलय बाँकेका कोरोना स्रोत नरेश श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि आज बिहान मृत्यु भएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको