March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

दोलखामा फागुन २१ देखि सात दिने महोत्सव आयोजना गर्ने

नेपाल चेम्बर अफ कमर्स दोलखा शाखाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सात दिने दोलखा महोत्सव आयोजना गर्ने भएको छ । फागुन २१ देखि २७ गतेसम्म हुने महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई दोलखा भिर्याएर खस्कँदो आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्य राखिएको नेपाल चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताउनु भयो । 

कोभिड १९ ले थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउन पनि महोत्सव आयोजना गर्न लागिएको हो । उहाँले भन्नु भयो,महोत्सवमा विशेष गरी दोलखामा उत्पादन हुने कृषिजन्य उपजलाई प्राथमिकता दिइने छ ।

सदरमुकाम चरिकोटको टुँडिखेलमा हुने महोत्सवमा सबै पालिकालाई आग्रह गरी सय वटा स्टलहरू राखिने छन् ।  सांस्कृतिक कार्यक्रमका साथै स्थानीयले उत्पादन गरेका औद्योगिक तथा कृषि सामग्रीहरू प्रदर्शनीमा राखिने उहाँले जानकारी दिनु भयो । 

शीर्ष समाचार

धेरै पढिएको