
काठमाडौं, नेपाली बजारमा एक सातादेखि सुनको मुल्य क्रमशः घटिरहेको थियो तर बिहिवार सुनको मुल्यमा ८०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार १०० कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घको अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३४५ कायम रहेको छ ।







