सूर्यविनायक,धुलिखेल सडक ६ लेनको बन्ने

सूर्यविनायकदेखि धुलिखेलसम्म ६ लेनको अन्तर्राष्ट्रियस्तरको हाइवे सडक विभागले बनाउने भएको छ । सूर्यविनायसम्म अहिले नै स्तरीय हाइवे बनेकोले अब यो सडकखण्डको धुलिखेलसम्म साढे ८ किमि विस्तार हुने भएको हो ।
सूर्यविनायकबाट धुलिखेलसम्मको ८.५ किमि सडक विस्तारका गर्न साढे ३ अर्ब रुपैयाँमा ठेक्का लागेको सडक विभागअन्तर्गत सूर्यविनायक धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख रविन्द्रलाल दासले बताए । उनले भने यो आयोजना निर्माण गर्ने जिम्मा लामा कन्ट्रक्सनले पाएको छ । यो कम्पनीले ३६ महिनाभित्रमा २ लेनको सर्भिस ट्रयाकसहित ६ लेनको सडक बनाउने छ ।यो सडक निर्माणसँगै ३ ठाउँमा आकाशेपुल पनि बन्ने छ ।
सडक निर्माण विस्तार पूरा भए पनि तीनकुनेदेखि धुलिखेलसम्म नै यो हाइवेबाट यात्रा गर्न सकिने छ । जापान सरकारको सहयोगमा निर्माण भइरहेको यो सडक सिन्धुली बर्दिवाससम्म नै विस्तार हुने छ ।
गाडी चल्ने मुख्य ४ लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण हुने छ । सडकको बीचमा ३ मिटरको मेडियन निर्माण गरेर सडक आकर्षक बनाइने छ । हाल २ लेनको मात्रै रहेको यो सडक विस्तार भएपछि भने तीनकुनेबाट धुलिखेलसम्म नै बिनाजाम द्रूतयात्रामार्ग हुने छ ।
प्रतिकृया दिनुहोस्