
महेन्द्रनगर । शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग बेदकोट नगरपालिकाको सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाइ ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रहेका छन् ।







