March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

विराटनगर र काभ्रेमा १/१ जना संक्रमितको मृत्यु

फाइल फोटो

काठमाडौं, विराटनगर महानगरपालिका वडा नं. ११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको मोरङ बुढीगंगा गाँउपालिका टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजमा आज मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई मंगलबार दिउँसो विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वाब परिक्षणको क्रममा कोरोना पोजेटिभ पाइएपछि आइसोलेशन वार्डमा भर्ना गर्ने तयारी गर्दैगर्दा आकस्मिक कक्षमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन ।

उनलाई निमोनिया समेत देखिएको चिकित्सकले बताएका छन । यो सँगै कोरोना संक्रमणका कारण विराटनगरमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यसैगरी, धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक जनाको निधन भएको छ ।
भक्तपुर सुर्यविनायक ८ का ५५ बर्षीय कोरोना संक्रमितको मंगलबार राति निधन भएको हो ।

मंगलबार राति ११.५५ बजे कोरोना संक्रमित ब्यक्तिको उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताएका छन । ntv

शीर्ष समाचार

धेरै पढिएको