February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

चुनावी सरकारका मन्त्रीहरू,कहाँ कहाँ अघि पछि छन् ?

चुनावी सरकारका बहुसंख्यक मन्त्रीहरु नै प्रतिनिधिसभा चुनावमा कमजोर अवस्थामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवालगायत केही मन्त्रीले मतअन्तर फराकिलो बनाए पनि बहुसंख्यक मन्त्री कमजोर देखिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले ११ हजार ५५४ मत ल्याउँदा सागर ढकालले ६ हजार १०५ मत ल्याएर पछ्याइरहेका छन् ।


अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, शिक्षामन्त्री देवेन्द्र पौडेल अगाडि छन् । शर्माले पश्चिम रूकुमबाट अग्रता लिइरहेका छन् । शर्माले ८५७ मत पाएका छन् । उनलाई एमालेका नन्दराम देवकोटाले ४९८ मतसहित पछ्याइरहेका छन् ।

परराष्ट्रमन्त्री खड्का उदयपुरमा झिनो मतले अगाडि छन् । खड्काले १२ सय १५ मत पाउँदा एमालेकी मञ्जुकुमारी चौधरीले १२ सय १२ मतसहित पछ्याइरहेकी छिन् ।

शिक्षमन्त्री पौडेल बाग्लुङ–२ बाट फराकिलो अन्तर बनाइरहेका छन् । उनले ८ हजार १४० मत पाउँदा एमालेकी मञ्जु शर्माले ६ हजार ५५० मत पाएकी छिन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडू दार्चुलाबाट झिनो मतअन्तरले अगाडि छन् । उनले ५ हजार ५१९ मत पाउँदा एमालेका गणेशसिंह ठगुन्नाले ५ हजार ३७० मत ल्याएका छन् ।

शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ–१ बाट अग्रता लिइरहेका छन् । उनले २ हजार ६६७ मत ल्याउँदा एमालेकी शान्ता चौधरीले १ हजार ८२८ मत पाएकी छिन् ।

श्रम मन्त्री शेरबहादुर कुँवर अछामले अग्रता लिएका छन् । उनले ९ हजार ८४६ मत पाउँदा एमालेका झपटबहादुर बोहोराले ६ हजार २१ मत मात्रै पाएका छन् ।

शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्री बालकृष्ण खाण रूपन्देही–३ बाट राप्रपाका दीपक बोहोरासँग पछि परेका छन् । बोहोराले ६ हजार ३७३ मत पाउँदा खाणले ५ हजार १२४ मत मात्रै ल्याएका छन् ।

उर्जामन्त्री पम्फा भुसाल ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग पछाडि परेकी छिन् ।खानेपानी मन्त्री उमाकान्त चौधरी बारा–१ मा एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन् । एमाले उम्मेदवार अच्युत मैनालीले १२ हजार ८२ मत पाउँदा चौधरीले ९ हजार ४ सय ६३ मत पाएका छन् ।

माओवादीका खेलकुदमन्त्री महेश्वर गहतराज बाँके–१ मा एमालेसँग पछि परेका छन् । सँस्कृति पर्यटन मन्त्री जीवन राम श्रेष्ठ काठमाडौं ८ बाट कमजोर प्रदर्शन गरिरहेका छन् । लाेकान्तरबाट

शीर्ष समाचार

धेरै पढिएको