July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

काठमाडौंको तीन क्षेत्रमा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं, मङ्सिर ५ गते,काठमाडौंमा तीन स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, ३ मा एमालेका कृष्णबहादुर राई, ४ मा नेपाली कांग्रेसका गगन थापा अगाडि छन् ।

यसैगरी, क्षेत्र नम्बर ५ मा कांग्रेसका प्रदीप पौडेल, ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा एमालेका श्याम घिमिरे, ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त महर्जन, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० मा नेपाली कांग्रेसका राजन केसी अगाडि रहेका छन् ।