
सर्लाही, सर्लाहीमा चुनावको विषयमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको छ । सर्लाहीको गोडैता नगरपालिका-६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झैझगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीका अनुसार मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको गए राति मृत्यु भएको हो । कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुरमा उपचारको क्रममा रायको मृत्यु भएको हो ।
हाल अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।







