November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

बारामा कोरोनाबाट थप दुई जनाको मृत्यु

बारा, बारामा कोरोनाको कारणले थप दुई जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने ५९ पुरुष तथा बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ औरयाटोलका ७२ बर्षे अर्को पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो ।

पीसीआर रिर्पोट पोजिटिभ आएपछि उनिहरुलाई पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान छ बजे र अर्काको ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको