
बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो।
बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो।
डोटी लगाएतका सुदूरपहाडका जिल्लामा भौतिक क्षति भएको थियो।







