
बेइजिङ, छिमेकी मुलुक चिनले सैन्यशक्ति बढाउने रणनीति बनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ सेनालाई सन् २०२७ सम्ममा पूरा गर्ने शतवार्षिकीका अवसरमा सशस्त्र बलको समितिले तोकेका लक्ष्यहरूमा केन्द्रित हुन चिनियाँ सेनालाई आग्रह गरेका हुन् ।
यसैगरी सीले २० औं सीपीसी राष्ट्रिय कांग्रेसलाई दिएको प्रतिवेदन अनुसार सन् २०२७ मा पीएलएको स्थापनाको सय वर्षमा चिनियाँ सेनाका लागि मिसनहरू पूरा गर्न र सेनालाई विश्व(स्तरीय बलको रूपमा निर्माण गर्दै चीनलाई आधुनिक र समाजवादी राष्ट्र बनाउन रणनीतिक पूर्व शर्तहरूको संझना गरिन्छ ।
सशस्त्र बलका सबै सदस्यहरूले सेनालाई बलियो बनाउने पार्टीको विचारलाई राम्ररी बुझ्नुपर्छ, विचारको सारलाई होसियारीपूर्वक अध्ययन गर्नुपर्छ र यसलाई विश्व(स्तरीय सेना निर्माण गर्न आफ्नो भित्री प्रेरणामा परिणत गर्नुपर्छ, सीले बताएका थिए ।एजेन्सी







