आजको राशिफल: कस्तो रहनेछ तपाइँको भाग्य?

काठमाडौं, आज १९ कार्तिक २०७९, शनिबार । तद्नुसार नोभेम्बर महिनाके ५ तारिक २०२२ । कार्तिकशुक्लपक्ष द्धादशी तिथि ।
राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
नयाँ रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्नेछ । व्यापार ब्यवसायबाट लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक हुन जरुरी छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । अनावश्यक काममा बाहिर नजानु वेश होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजदेखि हप्ताभित्र मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता थपिन सक्छ । यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईले गरेको कामबाट सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्यात्मिक कार्यमा लाग्नु होला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि भलो हुनेछ । साँझको समयमा देवालयमा पुगेर आरती सन्ध्यामा सहभागी हुँदा मनमा उमंग प्राप्त हुनेछ ।
प्रतिकृया दिनुहोस्