December 9, 2023, Saturday
२०८० मंसिर २३, शनिबार

सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार सुन्धारा पुर्‍याइयो

नाबालिक बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्‍याइएको छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले शुक्रवार आदेश दिएपछि केन्द्रीय कारागार पुर्‍याइएको हो ।

शुरूमा थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएका सन्दीपलाई प्रहरीको भ्यानमा राखेर केन्द्रीय कारागार लगिएको हो ।

अब मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म सन्दीप कारागारमै रहनेछन् ।१७ वर्षीय किशोरीलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको अभियोग सन्दीपमाथि छ ।

ती किशोरीका दाइले किटानी जाहेरी दिएका छन् ।सन्दीपका तर्फबाट बहस गरेका वकिलहरूले राति सँगै बसे पनि करणी नगरेको जिकिर गरेका थिए ।

साथै, पीडित भनिएकी किशोरीको नागरिकता र जन्म दर्तामा फरक-फरक जन्ममिति देखिएकाले उनी नाबालिक नभएको जिकिर समेत उनीहरूको थियो ।सरकारी पक्षले भने प्रमाणका रूपमा सन्दीप र ती युवती होटलमा पुगेको सीसीटीभी फूटेज, युवतीको बयान आदि पेश गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको