July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

फिफा विश्वकपका लागि जापानको खेलाडी टोली घोषणा

कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली देश जापानले खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय खेलाडी टोलीको घोषणा गर्नुभएको हो ।

समूह ‘ई’ मा रहेको जापानले नोभेम्बर २३ तारिख जर्मनीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । जापान, स्पेनसहित कोस्टारिका र जर्मनी रहेकाको यस समूहमा जापानले कोस्टारिकासँग नोभेम्बर २७ र स्पेनसँग डिसेम्बर १ तारिख खेल्नेछ । जापानले नोभेम्बर १० तारिखदेखि बन्द प्रशिक्षक सुरु गर्ने जनाएको छ । विश्वकपअघि जापानले क्यानडासँग मैत्रीपूर्ण खेल खेल्ने तयारी पनि गरेको छ ।

जापानी टोलीको गोलरक्षकमा इजी कावासीमा, सुइची गोन्डा र डानियल स्मिड्ट, रक्षकमा मिकी यामाने, हिरोकी साकाई, माया योसिदा, ताकेहिरो तोमियसु, सोगो तानिगुची, को इताकुरा, हिरोकी इटो, युटो नागातोमो र युटा नाकायामा हुनुहुन्छ ।

यसैगरी मिडफिल्डरहरुमा वातारु इन्डो, हिदेमासा मोरिता, एओ तानाका, गाकु सिबासाकी, काओरु मितोमा, दाइची कामदा, रित्सु डोआन, जुनाया इतो, ताकुमी मिनामिनो, ताकेफुसा कुबो र युकी सोमा तथा स्टाईकरहरुमा दाइजेन मायदा, आएसे उएदा र ताकुमा एसानो हुनुहुन्छ । एजेन्सी