अध्यक्ष ओलीले गठबन्धनलाई देशद्रोही संज्ञा दिए
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् । झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई ध्रुवमा बाँडिएको र एमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा रहेको बताएका हुन् ।
उनले सत्ता स्वार्थमा रहेको अर्को ध्रुवको नीति आत्मसमर्पणवादी, घुँडा टेकुवा भएको बताए ।देशभक्तहरुको पार्टी एमाले विकासको पक्षधर भएको र यो पार्टीले देशमा विकास अभियन्ताका रुपमा अगुवाई गर्ने वताउँदै यस ध्रुवमा देशभक्तहरु एकत्रित हुँदै जान थालेको अध्यक्ष ओलीको भनाई थियो । ओलीले आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको वताउँदै झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस्