महिलालाई प्रधानमन्त्रीमा अवसर दिनुपर्छः ओनसरी

नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीले महिला प्रधानमन्त्री बन्न सक्षम रहेकाे बताएकी छन् ।
‘मेरो उम्मेदवारी महिलाहरुको पहुँच, प्रतिनिधित्व र प्रोत्साहनका लागि हो, व्यवस्थाको रक्षा र जनताको समृद्धिका लागि हो । कतिपयले सोचेजस्तो मेरो जित चुनौतीपूर्ण छैन । गठबन्धनको मत दायाँबाया हुनेवाला छैन । मलाई गठबन्धनमा अविश्वास छैन । गठबन्धनको मत तलमाथि हुँदैन ।
म मात्र नभईकन काठमाडौंमा गठबन्धनका सबैको जित निश्चित छ,’ काठमाडौंका जनताले माओवादीलाई भोट नहाल्ने भन्ने अफवाह मात्र भएको पनि उनको दाबी छ । घर्तीले भनिन्, ‘काठमाडौंका जनताले २०६४ मा माओवादीलाई मत दिएका होइनन् र ? हामीबाट पनि केही गल्ती भएका छन् । त्यसलाई सच्चाउनुपर्छ । जनताले यसपटक पनि माओवादीलाई मत दिन्छन् ।’
आफूसँग प्रधानमन्त्री चलाउने क्षमता रहेको पनि घर्तीले दाबी गरिन् । उनले थपिन्, ‘पुरुषले मात्र चलाएर पनि देश बन्दैन, महिलाले चलाएर मात्र पनि देश बन्दैन । अब कार्यकारी पदमा महिलालाई अवसर दिनुपर्छ । महिलामा प्रधानमन्त्री बन्न सक्षम छन् । महिला प्रधानमन्त्री बन्नै नसक्ने के छ र ? मलाई कसैले सभाुमख हुन्छ भन्ने सोचेको थियो र ? बनेर देखाएँ त ।’
प्रतिकृया दिनुहोस्