
कास्की, कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने तरिका अन्त्य गर्दै पोखरामा घरमै पुगेर रक्तदान गर्न इच्छुकको घर घरमै पुगेर रगत संकलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ ।
कोही रक्तदान गर्न इच्छुक भए रेडक्रसमा फोन गर्नासाथ एम्बुलेन्समा रक्तदानका लागि आवश्यक सामग्री तथा स्वास्थ्यकर्मीको टोली घरमै पुग्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ । गत चैत ६ गतेदेखि सञ्चालनमा आएको एम्बुलेन्सले हरेक महिनामा ७५० देखि आठ सय युनिटसम्म रगत सङ्कलन गर्ने गरेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले जानकारी दिएका छन ।
रगत सङ्कलन गर्न सहरी क्षेत्र मात्रै नभएर ग्रामीण क्षेत्र र अन्य जिल्लामा समेत पुगेको बताएका छन । उक्त एम्बुलेन्समा एकै पटकमा चार जनाले रक्तदान गर्न मिल्ने व्यवस्था मिलाइएको रेडक्रस सोसाइटी कास्कीका सदस्य सन्तोष अधिकारीले बताए ।







