
काठमाडौं, आज असोज २७ गते विहीबार । तद्नुसार अक्टुबर महिनाको १३ तारिक २०२२ ।
आज विहान सूर्योदय ०६ः०२ मा सूर्यास्त ५ः३७ मा हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा उर्जा थपिने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईलाई आजको दिन आकस्मिक धनलाभ हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मौन रहनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयका दर्शन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
व्यापार ब्यबसायमा नयाँ लगानी गर्दा फाइदा हुन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाह अनुसारक काम गर्दा तपाईलाई फाइदा हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले हरेक विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन यात्राको लागि अवसर र नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । कुमारी कन्यालाई खाना र बस्त्र दान दिनुभयो भने राम्रो हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । विहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गरेका तपाईकको अधुरा कामहरु पुरा हुनेछन् । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन व्रत गर्नु उत्तम हुनेछ ।







