
हराएको मान्छे पाइने आश कति वर्षसम्म रहन्छ होला ? २ वर्ष, ४ वर्ष, ६ वर्ष ?तर जापानका ६५ वर्षीय यासुओ तकामात्सु पत्नी हराएको ११ वर्षसम्म खोजी गरिरहेका छन् । सन् २०११ मा आएको सुनामीमा उनकी पत्नी यूको बेपत्ता भएकी थिइन् ।
पत्नीलाई धेरै प्रेम गर्ने यासुओले त्यसपछि लगातार पत्नीलाई खोजिरहेका छन् तर भेट्टाएका छैनन् ।
उनले भने, ‘जबसम्म शरीर चल्छ, तबसम्म पत्नी खोज्ने प्रयास जारी राख्छु ।’ यूको बेपत्ता भएको क्षेत्रमा त्यसअघि पनि भूकम्पको विपत्ति आएको थियो ।स्थानीय सञ्चारमाध्यमका अनुसार ११ वर्ष पूरा भए पनि यासुओको हौसला कम भएको छैन । उनी हरेक हप्ता समुद्रभित्र गएर पनि पत्नीलाई खोज्छन् । उनी पत्नीको मृत शरीर भए पनि भेट्टाउन चाहन्छन् ।







