
बेलायतमा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै बडादशैं मनाएका छन् ।
बेलायतका विभिन्न ठाउँमा बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधवार आफ्ना मान्यजनबाट टीका, जमरा ग्रहण गरेर दशैं मनाएकाे हाल बेलायतमै रहेका भिमसेनराज चाैलागाइले बताएका छन् ।

बेलायती जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न ठाउँमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका छन् भने आफन्त हुनेहरुले आफ्ना आफन्तकाे पुगेर टीका ग्रहण गरेका हुन् उक्त कुरा बताउदै चाैलागाइले भने मैले पनि दिदी भिनाजुकाे हातकाे टीका लगाए र ३ दिन सम्म रमाइलो रुपमै दशैं मनाएको उनले बताए ।









