
बिरगञ्ज, कोरोना भाइरसको चपेटमा परि मृत्यु भएका ब्यक्तिलाई उसैको परम्परा र धर्म अनुसार अंतिम संस्कार अर्थात दाह संस्कार गर्ने वातावरण मिलाइदिनका निम्ति सोमबार ने.बि.संघ जिल्ला कार्य समिती,पर्साको कार्यवाहक अध्यक्ष बिकेश पटेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय,पर्सा को प्रमुख प्रशासकिय अधिकृत मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
नेपालमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहेको छ भने कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । यस अवस्थामा अकाल मृत्युको पीडा खेपिरहेका मृतकको परिवारजनमा आफ्नो परिवारिक सदस्यको अन्त्येष्टिसमेत आफ्नो रिति, रिवाज र परम्परागत तरिकाले गर्न नपाइएको गुनासो परिवारजनले गरेका छन ।
कार्यक्रममा ने.बि.संघ पुर्व केन्द्रिय सदस्य सुधिर पटेल ,जिल्ला सचिव प्रभात सिंह , जिल्ला सदस्त बिट्टु अन्सारी लगायतको उपस्तिथि रहेको थियो ।







