
नेपाल तराई समाज दक्षिणकोरिले अक्टोबर ९ तारिखमा नेपाली चलचित्र “प्रेम गीत ३” सञ्चालन गर्ने भएको छ । साथै उक्त दिन नेपालीहरुकाे महान पर्व विजयी दशमीकाे अवसर पारेर टीका ग्रहण कार्यक्रम पनि राखिने भएको छ।
नेपाल तराई समाज को आपातकालीन राहत कोष र नेपाली फिल्म जगतलाई साथ सपोर्ट र सहयोग पुग्ने उदेश्यका साथ विजय दशमीको उपल्क्षयमा टिका जमरा कार्याक्रमको साथ कोरिया को सुवनमा फिल्म सञ्चालन गर्ने भएको हाे ।
आगामी अक्टोबर ९ तारिख आईतबारका दिन दिउसोको १२ बजेमा फिल्म सञ्चालन हुने आयाेजक टिमले बताएको छ।
त्यस्तै कोरियावासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई फिल्म हेर्रेर भरपुर मनोरञ्जन लिन उपस्थिति जनाई सहयोग गरिदिन संस्थाका अध्यक्ष अबदेशराज चाैरासीयाले निमन्त्रणा गरेका छन्।







