
निर्वाचन आयोगमा सोमबार राति १० बजेसम्म २७ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् । बन्दसूची बुझाउने क्रम रातभर चल्न देखिएको आयोगका अधिकारीहरुले बताएका छन् ।
आयोगका अनुसार हालसम्म नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, , मंगोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत शक्ति नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल मार्क्सवादी (पुष्पलाल), नेकपा माले, नेकपा एमाले, राष्ट्रिय जनमुक्ति पार्टी, मौलिक जरोकिलो पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, नेकपा परिवर्तन, नागरिक उन्मुक्ति पार्टी, कांग्रेस (बीपी), विवेकशील साझा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेश्नलिस्ट पिपुल्स पार्टीले समानुपातिकको बन्दसूची बुझाएका हुन् ।
प्रमुख पार्टी काँग्रेस, माओवादी केन्द्रलगायतको बन्दसूची दर्ता हुने क्रममै रहेको छ ।आयोगले दिएको समय सोमबार नै सकिएको भएपनि साँझ ५ बजे आयोग पुगेका दलहरुको बन्दसूची दर्ता प्रक्रिया निरन्तर चल्ने आयोगको भनाइ छ ।







